सोरेङमा फुटबल प्रतियोगिताको रौनक

IMG-20230803-WA0392.jpg

सोरेङ: यहाँ सम्पन्न भइरहेको ओपन नकआउट फुटबल टुर्नामेन्टको तेस्रो दिनको पहिलो म्याचमा माझीटार स्टारले सञ्जु फुटबल एकाडमीलाई शुन्यको विरुद्ध एक गोलले परास्त गर्‍यो। माझीटारको तर्फबाट स्ट्राइकर मिसुके ओक्यामबो (११)-ले ७७ औं मिनेटमा निर्णायक गोल गरेर आफ्नो टिमलाई विजय बनाएको हो। यस म्याचको उत्कृष्ट खेलाडी माझीटार स्टारका साइमन लिम्बू (२३) बने। यसरी नै दोस्रो म्याच सिलगढी कञ्चनजंघा फुटबल क्लब र सीएसए च्याखुङमाझ भीडन्त भयो भने सीएसए च्याखुङले ४-१ गोलको राम्रो अन्तरले जीत हासिल गरे। खेल आरम्भ भएको ३४ औं मिनेटमा सीएसए च्याखुङका खेलाडी मिलन राई (१३)-ले खुबै स्वादिलो गोल गरेर आफ्नो दललाई अग्रता दिलाएको थियोे। पहिलो हाफको खेल एक गोलमा नै टुंगियो। खेल अवधि दुवै दलका खेलाडीहरुबीच निकै गर्मागर्मी स्थिति पनि उत्पन्न भयो। सिलगढीका एकजना खेलाडीलाई रेफरीले रातो कार्ड देखाएर मैदानबाट बाहिरी निकालेको थियो। दोस्रो हाफको खेलमा पनि सीएसए च्याखुङले उत्कृष्ट खेल प्रदर्शन गर्दै स्ट्राइकर माटिन (९)-ले लगातार जोडी गोल गरी टिमलाई मजबुत स्थितिमा पुर्‍याए। चाथौं गोल सीएसए च्याखुङमा खेलाडी फोडे फोबाना (११)-ले गरे। केएफसी सिलगढीको तर्फबाट एकमात्र गोल खेलको ८२ औं मिनेटमा अमीर लामा (१०)-ले गरेका थिए। दोस्रो खेलमा म्यान अफ् दी म्याच सीएसए च्याखुङका खेलाडी मिलन राई (६) बने। यहाँ च्याखुङमा आयोजित ७७ औं स्वतन्त्रता दिवस कार्यक्रमको तेस्रो दिन सामाजिक कल्याण विभागका मुख्य अभियान्ता सुकवीर सुब्बा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। विशिष्ट अतिथिको रूपमा सोरेङ जिल्लाको विभागीय अधिकारीहरुको उपस्थिति थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement