सिङताम: गोलीटार खेल मैदानको ७७औं स्वतन्त्रता दिवसको अवसरमा सम्पन्न भइरहेको स्व. फूल माया प्रधान स्मारक फुटबल टुर्नामेन्टको आज तेस्रो दिनको पहिलो म्याच नीमटार एफसी बनाम सीएसए छुजाचेन बीच भीड़न्त भयो। यस अवसरमा माझीटार रम्फूका उद्यमी एंव समाजसेवी विवेक सिन्चुरी मुख्य अतिथिको रुपमा उपस्थित थिए भने विशिष्ट अतिथिगणमा धमला क्लोनी साउनेका प्रशिद्ध ज्योतिषी नारद धमला, अवकाशप्राप्त सरकारी कर्मचारी पी. के. गुरुङ र गणेश कुमार तिवारीको विशेष उपस्थिति रहेको थियो। उक्त म्याचमा सीएसए छुजाचेनको १ को विरुद्ध २ गोल लगाएर नीमटार एफसी विजयी बनेको छ। यस म्याचको मेन अफ दी म्याचको उपाधि नीमटार एफसीका खेलाड़ी जर्सी १२ साङदोर्जी लेप्चालाई चयनित गरियो। यसरी नै आज सम्पन्न दोस्रो म्याच जेभीसी सिङ्ताम र माखा पावर टीमबीच सम्पन्न गराइयो, जसमा ०-७ को अन्तरले जेभीसी सिङ्तामले शानदार जीत हासिल गर्यो। यस म्याचको मेन अफ दी म्याच जेभीसी सिङ्तामका खेलाडी जर्सी ८ हरि बी. मंगरलाई घोषित गरियो। मुख्य अतिथिको बाहुलीबाट दुवै म्याचका मेन अफ दी म्याच घोषित खेलाड़ीहरुलाई पुरस्कार प्रदान गरियो। यस खेलको अवसरमा नृत्य प्रदर्शित गर्ने नानीहरुलाई मुख्य अतिथिले नगद राशि प्रदान गरे। आयोजक समितिका महासचिव योगेश धमलाको बाहुलीबाट मुख्य अतिथि अनि विशिष्ट अतिथिहरुलाई स्मृति चिन्ह प्रदान गरि सम्मानित गरियो।