६ जिल्लाका चालकहरूबीच फुटसल प्रतियोगिता हुने

IMG-20230803-WA0386.jpg

गान्तोक: सेन्ट्रल जोइन्ट एक्सन कमिटी, लोकल ट्याक्सी गान्तोकद्वारा देउरासीस्थित जीएमसीको फुटसलमा गत १ अगस्तदेखि शुरू भएको फुटसल प्रतियोगिता अन्तर्गत तेस्रो दिनको कार्यक्रममा मन्त्री सञ्जीत खरेल उपस्थिति रहेका थिए। यस प्रतियोगितामा कूल ३० वटा टोलीले अंशग्रहण गरेको र आगामी ६ अगस्तको दिन यसको फाइनल खेल सम्पन्न हुने भएको छ। पत्रकारहरूलाई सम्बोधन गर्दै मन्त्री खरेलले सर्वप्रथम राज्यम पहिलो पल्ट चालकहरूको निम्ति फुटसल प्रतियोगिता आयोजना गरिएको बताए। अहिलेसम्म सिक्किमको इतिहासमा यस प्रकारको प्रतियोगिता आयोजना नभएको उनले दावी गरे। उनले आगामी दिनमा यस प्रकारको प्रतियोगिता राज्यका ६ वटा जिल्लाका चालकहरूलाई लिएर आयोजना गरिनु पर्ने उनले सुझाउ दिए। यस प्रकारको प्रतियोगिता आयोजना गर्नाले राज्यभरिका चालकवर्गमा एकता साथै भाइचारा कायम हुन सक्ने उनले जानकारी गराए। यसै क्रममा जोइन्ट एक्सन कमिटीका अध्यक्ष भाइचुङ भोटियाले यस प्रतियोगिताले राज्यका सबै चालकहरूमा एक अर्कामा परिचय आदान प्रदान हुने र संगठनलाई अझ मजबुत बनाउन सकिने अवगत गराए। आगामी दिनमा अझ यस प्रकारको प्रतियोगिता राज्यको सबै जिल्लामा आयोजना गरेर चालकवर्गलाई नराम्रो कुलतदेखि वञ्चित राख्न सक्ने सम्भावना व्यक्त गरे। उनले बताए अनुसार प्रतिदिन ६ वटा टोलीले खेलिरहेका छन्। सोही प्रकारले संस्थाका महासचिव निर्मल शंकरले यस वर्ष केवल ट्याक्सी चालकहरूलाई लिएर मात्र प्रतियोगिता आयोजना गरेको तर भविष्यमा सबै चालकवर्गलाई आयोजना गरिने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement