गोरूबथान: डायमन्ड क्लबको तत्वावधानमा प्रतिवर्ष नै स्वतन्त्रता दिवसको अवसर पारेर गोरुबथानको माल बस्ती फुटबल मैदानमा लात्ते भकुण्डो प्रतियोगिता समपन्न हुने गरेको छ।यो कार्य बिगत १९ वर्ष देखी अनवरत रुपमा चलिरहेको छ।आजको खेल किरात एफ सी दालिम बनाम स्पोटर्स क्लब गोरुबथानमाझ भएको थियो।किरात एफ सीले आफ्नो पक्षमा ४ गोल दाग्न सफल भए भने स्पोर्टस क्लबले एक गोलमात्र फर्काउन सके।फलस्वरुप किरात एफ सी विजयी बनेका छन्।आजको खेलको निर्णायकहरुमा क्रमैले बिबेक प्रसाद ,निरेन दर्नाल ,राजेस थापा र चौथो निर्णायकको रुपमा अलप राई रहेका थिए।भोलिको खेल सनराईजिङ वेलफेयर क्लब ढिपडाडा बनाम सत्यज्योति संघ बुडीखोलामाझ हुने जानकारी कुन्दन प्रधानले दिएका छन्।