सिलगढी: सिलगढी नगरपालिकाको ४३ नम्बर वार्डको तल्लो भानुनगर क्षेत्रका एक पुलिस अधिकारीकी सासु र सालोले घरेलु कामदारलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोप लागेको थियो। जसको प्राथमिकी दर्ता भक्तिनगरमा थानामा गरिएको थियो।
उजुरी दर्ता भएको १२ घण्टा बितिसक्दा पनि अभियुक्त पक्राउ नहुँदा पीडित परिवारका तर्फबाट बुधबार भक्तिनगर पुलिस थाना अगाडि हंगामा मच्चिएको थियो। जसका कारण भक्तिनगर पुलिसमाथि दबाब बढेर गयो। त्यसपछि भक्तिनगर पुलिसले सालाबारी सरकार (बापी) लाई पक्राउ गर्यो। आरोपीलाई आज जलपाईगुडी अदालतमा पेश गरिएको छ।