दार्जिलिङ जिल्ला आइएनटिटियुसिले निकाल्यो र्‍याली

c4662431-c173-4770-aa92-0bccb01ffb8c-1024x461.jpg

सिलगढी: दार्जिलिङ जिल्ला आइएनटिटियुसी ले मणिपुरमा भएको घटनाको विरोधमा सिलगढीमा विरोध र्‍याली निकाल्यो। सिलगढीको एयरभ्यू मोडबाट सुरु भएको र्‍यालीमा दार्जिलिङ जिल्ला आइएनटिटियुसी अध्यक्ष निर्जल दे, दार्जिलिङ जिल्ला नयाँ जलपाईगुडी शाखा अध्यक्ष सुजय सरकार, दार्जिलिङ जिल्ला तृणमूल सभाका नेता पपिया घोष र अन्य प्रमुख व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।र्‍यालीका क्रममा मणिपुरमा भएको घटनाको घोर निन्दा गरिएको थियो र प्रदर्शनकारीहरूले यस विषयमा प्रधानमन्त्रीको मौनतामाथि प्रश्न उठाएका थिए। पपिया घोषले मणिपुरको समस्यालाई तुरुन्तै सम्बोधन नगरे घटनामा पीडितप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलन जारी रहने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement