इण्डिपेण्डेन्स शील्डः सिंगलिंग एससी र युनाइटेड ब्रदर्सको रोमाञ्चक जीत

photocollage_202383212352848.jpg

३ अगस्तः कालेबुङ स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित इण्डिपेण्डेन्स शील्ड फूटबल टुर्नामेण्टमा बिहीवार स्थानीय मेला ग्राउण्डमा दुईवटा म्याच खेलियो। पहिलो म्याचमा सिंगलिंग स्पोर्टिंग क्लबले युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट उत्तम राईले ६४औं मिनटमा गोल गरे। यसरी दोस्रो म्याचमा युनाइटेड ब्रदर्सले १०७ टीए, दार्जीलिङलाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयमा युनाइटेड ब्रदर्सबाट सिलास राईले १४औं अनि १०७ टीए-बाट हेमन्त टोप्पोले २१औं मिनटमा गोल गरे।

यस टुर्नामेण्टमा जम्मा १८ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल क्रमशः १२ र १३ अगस्तमा हुनेछ। फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement