पिस्टलको साथ दुई अपराधी पक्राउ

15-14-43-Capture-2.jpg

सिलगढ़ी: स्पेशल अपरेशन ग्रुप (एसओजी) र बाघदोग्रा थाना पुलिसले संयुक्त अभियान चलाएर ७ एमएम पिस्टलको साथ दुई अपराधीहरूलाई पक्राउ गरेको छ। आरोपितहरूको नाम काली चरन बर्मन र प्रशान्त राय बताइएको छ। दुवै रंगिया र गोसाईपुरका निवासी हुन्। एसीपी मनीष यादवले सोमवार बागडोगरा थानामा पत्रकार सम्मेलन गरी यसको जानकारी दिए।

मनीष यादवले जानकारी गराए, आइतवार राति एसओजी र बागडोगरा थाना पुलिसले संयुक्त रूपमा गोसाईपुर रेलवे ब्रिज नजिक अभियान चलायो। यस अवधिमा संदिग्ध दुई व्यक्तिलाई पक्राउ गरियो। दुवैको तलाशी लिँदा उनीहरूदेखि एक ७ एमएम पिस्टल र दुई जिउँदो कारतूस उद्धार भयो। यी दुईले पिस्टल कुन उद्देश्यले लिएर आएका थिए, यसबारे दुवै आरोपितसित सोधपुछ जारी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement