हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको तीनधारे चियाबारी युनिट कमिटी गठन

HTDPU

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको तीनधारे चियाबारीको युनिट कमिटी गठन गरिएको छ। आज हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको सभा तीनधारे चियाबारीमा सुकवीर राईको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, उपाध्यक्ष जनक छेत्री, तीनधारे महानदी समष्टिको जोनल सभापति गणु छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनाव को-अर्डिनेशन कमिटीको को-अर्डिनेटर नवराज छेत्री, खरसाङ महकुमा समितिको सदस्य टंक शर्मा लगायत अन्यहरू उपस्थित थिए। यसै सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको तीनधारे चियाबारी युनिट गठन गरियो। उक्त युनिट कमिटीमा सभापति सुकवीर राई,  उप सभापति सनु बाहुन र शखी तामाङ, सचिवमा इष्टबहादुर तामाङ, सह सचिवमा सञ्जय तामाङ र सुदर्शन तामाङ, कोषाध्यक्षामा अमृता तामाङ अनि सल्लाहकारमा पाल्साङ तामाङ, सोनामा लामा, सनबहादुर तामाङ, कुमार तामाङ, अर्जुन छेत्रीलगायत १५ जनाको कार्यकारी सदस्यहरू चयन गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement