गान्तोक जिल्लाका विद्यालय प्रमुखहरुको अभिमुखी कार्यक्रम

IMG-20230803-WA0389.jpg

गान्तोकः राज्य परियोजना कार्यालय, समग्र शिक्षा, शिक्षा विभाग, सिक्किम सरकारद्वारा विद्यालय प्रमुख, बीआरसी, सीआरसी र एमआईएस संयोजकहरूलाई लिएर विद्यालय बाहिरका बाल-बालिकाहरूको निम्ति कार्यक्रमको रूपरेखा र प्राविधिक पक्षबारे एक दिवसीय अभिमुखी कार्यक्रम आयोजना गरियो। बुर्तुकको एससीईआरटीमा सम्पन्न भएको कार्यक्रममा गान्तोक जिल्लाका ११८ वटा विद्यालयका प्रमुखहरूले सहभागिता जनाएका थिए।

यस कार्यक्रमको अध्यक्षता शिक्षा विभागका मुख्य अधिकारी छिरिङकी चिङगापाले गरेकी थिइन्। कार्यक्रममा स्रोतवक्ताकोरूपमा एससीईआरटीकी संयुक्त निर्देशक छिरिङ ल्हमु भोटिया, समग्र शिक्षाका संयुक्त निर्देशक राप्गे भोटिया लगायत अन्यहरू रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै राप्गे भोटियाले यस कार्यक्रमको लक्ष्य र उद्देश्यबारेमा संक्षिप्तरूपमा जानकारी गराए। विशेष गरेर विद्यालय बाहिर बाल-बालिका कार्यक्रम अन्तर्गत विभिन्न योजना र प्रावधानहरूमा उनले प्रकाश पारे। सोही प्रकारले नोडल अधिकारी सुशिल तामाङले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा यस कार्यक्रम आयोजना गरिनुको लक्ष्य र उद्देश्यबारे अवगत गराए।

उनले राज्यमा हाल ओओएससी सम्बन्धी तथ्याङ्ककाबारेमा उपस्थिति सबैलाई जानकारी गराउँदै प्रबन्ध पोर्टलमा तथ्याङ अपलोड गर्ने लगायत अन्य प्राविधिक पक्षहरूबारेमा जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement