छलामथाङमा जैविक खेती प्रशिक्षण कार्यक्रम

IMG-20230803-WA0387.jpg

गान्तोकः पाकिम जिल्लाको बागवाणी विभागको पहलमा आज छलामथाङ ग्राम पञ्चायत यूनिटमा प्रशिक्षण साथै विरूवा वितरण कार्यक्रम आयोजना गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै पाकिम जिल्लाकी जिल्ला उपाध्यक्ष प्रभा प्रधानले कार्यक्रममा सबैको साथ र संलग्नताको लागि कृतज्ञता व्यक्त गरिन्। उनले यस प्रयासको लक्ष्य किसानहरूलाई उनीहरूको कृषि क्षेत्रमा अभ्यासहरू सुधार गर्न महत्त्वपूर्ण जानकारी र उपकरणहरू प्रदान गरेर जीपीयूमा बागवानीको क्षेत्रलाई अघि बढाउनु रहेको बताइन्।

उनले जीपीयूलाई विकासको नमूना बनाउन विभिन्न परियोजनाहरू प्रयोग गर्न यसलाई कार्यान्वयन गर्नुपर्ने विषयमा जोड दिइन्। आजको कार्यक्रमको सामुहिक प्रयासले यो परिकल्पना हासिल गर्न योगदान पुग्न सक्ने उनले सम्भावना व्यक्त गरेकी छन्। यसका साथै उनले वितरण गरिएका बिरुवाबाट प्रत्येक किसानले लाभान्वित हुने, राज्यमा उत्पादन वृद्धि र समृद्धिको सुनिश्चितता गर्ने सरकारको लक्ष्य रहेको जानकारी गराइन्।

सोही प्रकारले अतिरिक्त जिल्लापाल (विकास) रबिन सेवाले यस जीपीयूलाई राज्यको अन्य भन्दा उदाहरणीय बनाउनको निम्ति सुन्दरीकरण र सफा राख्नु पर्ने बताए। उनले जीपीयूलाई सौन्दर्यीकरणका लागि जिल्ला उपाध्यायको सुझाउको उनले प्रशंसा गर्दै यसमा सबैजना कटिबद्ध हुनुपर्ने आग्रह गरे। उनले आज वितरण गरिएको बिरुवाको मूल्य परिभाषित गर्दै किसानलाई उपयुक्त वृक्षारोपण र प्रभावकारी खेती सुनिश्चित गर्न आवश्यक पर्ने औजार उपलब्ध गराउने कुरामा जोड दिए। उनले कृषि उत्पादकत्व वृद्धिका लागि वितरण गरिएका बिरुवाको अधिक उपयोग गर्न सबैलाई आग्रह अपील गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement