३ आग्नेयास्त्र मामिलामा शुभेन्दुका सहयोगी भाजपा नेता पक्राउ

IMG-20230410-WA0169-11-300x172-1

पूर्व मेदिनीपुरः पूर्व मेदिनीपुर जिल्लाको खेजुरी थाना पुलिसले भाजपाको नन्दीग्राम मण्डल ३ का अध्य़क्ष एवं शुभेन्दु अधिकारीका सहयोगी श्यामा प्रसाद माईतीलाई आग्नेयास्त्र मामिलामा बुधवार राति पक्राउ गऱ्यो।

सूत्रहरू अनुसार, धेरै दिनअघि खेजूरी २ नम्बर ब्लकमा भाजपाको ज्ञापन सुम्पिने कार्यक्रम थियो। त्यस दिन कार्यक्रम समाप्तिपछि खेजुरी थाना पुलिसले ब्लक कार्यालय सामू दुई जनालाई आग्नेयास्त्रको साथ पक्राउ गरेको थियो। यी दुईसित सोधपुछपछि श्यामा प्रशादको नाम अघि आयो। पुलिसले दाबी गरेको छ, श्यामा प्रसाद विरूद्ध आग्नेयास्त्र राखेको एवं सप्लाई गरेको साक्ष्य हात लागेको छ।

खेजुरी थाना पुलिसले बुधवार राति श्यामा प्रसादलाई एक गुप्त स्थानबाट पक्राउ गऱ्यो। तर भाजपाले यसको पछाड़ी राजनीतिक कारण बताइरहेछ। कान्थी सांगठनिक जिल्ला भाजपाका उपाध्यक्ष असीम मिश्राले भने, जसो-जसो पञ्चायत गठनको समय नजिकिन्दैछ, भाजपा नेताहरूमाथि अत्याचार बढ्दै गइरहेछ। जहाँ जनताको फसेलाले तृणमूल पराजित भएको छ, त्यहाँ

उसले पुलिस, झूठा मामिला, बलपूर्वक गिरफ्तारीको धमकी दिएर पञ्चायतहरूमा कब्जा गर्ने प्रयास गरिरहेछ। तृणमूलले भाजपालाई पञ्चायत बोर्ड बनाउन दिन चाहन्न। यसैले भाजपा नेताहरू विरूद्ध गर्दा यी सबै झूठा मामिलाहरू लगाइँदैछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement