‘हर घर तिरंगा अभियान’ सहभागी बन्न अपील

si

गान्तोकः राज्यका नागरिकहरूलाई ‘हर घर तिरंगा अभियान’ मा सामेल हुन अपील गरिएको छ। उक्त राष्ट्रव्यापी अभियान आगामी १३ अगस्तदेखि १५ अगस्तसम्म पालन गरिने छ। यस अवधि राज्यका नागरिकहरूलाई आफ्नो घर, कार्यालय आदि ठाउॅंहरूमा राष्ट्रिय झण्डा फहराउन अपील गरिएको छ।

यस अभियानमा सबै सरकारी, निजी क्षेत्रका उद्यमहरू, शैक्षिक र वाणिज्यिक प्रतिष्ठानहरू, एनजीओ, रेस्टुरेन्ट, शपिङ कम्प्लेक्स, पुलिस स्टेशन सबै सहभागी बन्नेछन् अनि आ-आफ्नो ठाउॅंमा सम्मानका साथ राष्ट्रिय झण्डा फहराउने छन् भनी बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement