कोलकाताः उत्तर २४ परगनाको नोआपाड़ामा बिहिवार बिहान भीड़ रहने बजारमा एक बिल्डिङ मटेरियल डीलरमाथि अन्धाधुन्ध गोलीबारी भएको छ। गम्भीर रूपमा घाइते व्यापारीलाई एक निजी अस्पतालमा भर्ती गराइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।
पुलिस सूत्रहरू अनुसार, जुन कारोबारीलाई गोली हिर्काइयो उसको नाम रबिन दास उर्फ डन हो। गम्भीर रूपमा घाइते हुँदा उनलाई कोलकाताको एक निजी अस्पतालमा लगिएको छ। सूचना पाएपछि नोआपाड़ा थाना पुलिस घटनास्थलमा पुगेको छ। घटनाको जाँच शुरू गरिएको छ। पुलिसले व्यवसायीलाई कसले गोली हिर्कायो र किन हिर्कायो यसको जाँच गरिरहेछ। घटनाका प्रत्यक्षदर्शीहरूसित सोधपुछ गरिरहेछ।
शुरूआतमा कति अपराधीले हमला गरे, यसलाई लिएर अन्योलताको स्थिति थियो। स्थानीय मानिसहरूको एक वर्गको भनाई अनुसार, तीन बदमाश पैदल आए औं तीन राउण्ड गोलीबारी गरे। यद्यपि, क्षेत्रका निवासी केशव राजवंशीले भने, दुई राउण्ड गोलीबारी गरियो। एक व्यक्ति घुम्दै आयो र गोली हिर्काएपछि त्यहाँबाट दौड़ेर भाग्यो।
-हिस