चिकित्सीय लापरवहीले रोगीको मृत्यु

IMG-20230528-WA0320-5-300x172-1

जलपाइगढ़ीः मालबजार सुपर स्पेशलिटी अस्पतालमा एक रोगीको मृत्यु हुँदा तनाव फैलियो। मृतकका परिजनहरूले चिकित्सीय लापरवाहीको आरोप लगाउँदै बिहिवार बिहान जमेर प्रदर्शन गरे। मृत महिलाको नाम सोनाली खलको (२४) बानरहाट ब्लकको चुनाभट्टी चिया कमान निवासी बताइएको छ।

जानकारी अनुसार, ३१ जुलाईमा प्रसव पीड़ा भएपछि सोनालीलाई मालबजार सुपर स्पेशलिटी अस्पतालमा भर्ती गराइएको थियो। जहाँ ०१ अगस्तमा सीजरको माध्यमले सोनालीले एउटी छोरीलाई जन्म दिइन्। यस अवधि आमा र सन्तान दुवै स्वस्थ थिए। यद्यपि, परिवारले आरोप लगायो, अपरेशनपछि सोनालीको शारीरिक स्थिति बिग्रियो। बुधवार राति अस्पतालमा उसको मृत्यु भयो। मृतकाका पति रूपलाल ओरावले भने, चिकित्सकीय लापरवाहीको कारण मेरी पत्नीको मृत्यु भएको हो।

घटनापछि मृतकका परिजनले आज बिहानै अस्पतालमा हंगामा शुरू गरे। जसपछि पुलिस अधिकारी माल महकुमा रोबिन थापा, मजिस्ट्रेट रथीन्द्रनाथ सरकार र भारी संख्याम पुलिस बल घटनास्थलमा पुग्यो। अस्पताल र पुलिस प्रशासनद्वारा उचित आश्वासनपछि रूष्ट परिजनहरूले प्रदर्शन बन्द गरे।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement