कोलकाताः महानगर कोलकाताको अलीपुरस्थि वुडल्याण्ड अस्पतालमा भर्ती राज्यका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यालाई बुधवार राति छात्ती दुःखेपछि ईसीजी गराइएको छ। बिहिवार डाक्टरहरूले भने, रिपोर्टमा चिन्ता गर्नुपर्ने कुनै कुरा छैन। पछि उनको एक्सरे गराइयो। बिहिवार अल्ट्रा साउन्ड भएको छ। अहिलेपनि राइल्स ट्यूबको माध्यमले उनलाई भोजन दिँदैछ।
यहीबीच पूर्व मुख्यमन्त्रीको इच्छा अनुसार उनलाई स्वादिष्ट आँप खान दिइएको छ। उनले बुधवार आँप खाने इच्छा व्यक्त गरेका थिए तर उनको शरीरमा खाना राइल्स ट्यूबको माध्यमले पुऱ्याइँदैछ। परिणामस्वरूप, उनको शरीरमा भोजन त गइरहेछ तर त्यसको स्वाद लिन सक्दैनन्। संक्रमण कम भएपछि बुधवार आँप काँटेर मुखबाट खुवाइयो ताकि उनले आँपको स्वाद लिन सकुन्। उनको उपचारका प्रभारी एक डाक्टरले भने, बुधवार राति उनलाई अचानक छात्ती दुःख्यो। यसपछि उनको ईसीजी गरियो। रिपोर्टमा कुनै चिन्ता गर्नुपर्ने कुरा छैन।
उल्लेख्य, गत हप्ता शनिवार सास लिनमा समस्या भएपछि ग्रीन कोरिडोर बनाएर उनलाई अस्पतालमा ल्याएर भर्ती गराइएको थियो।