खरसाङको हाट बजार घर बताउने बिट्टु अन्सारी नाम गरेका व्यक्ति नेपालको विराटनगरस्थित आश्रममा

IMG-20230803-WA0351.jpg

खरसाङ: खरसाङको हाट बजार निवासी बिट्टु अन्सारी बताउने एकजना मानिस हालमा नेपालको बिराटनगरस्थित मानव सेवा आश्रममा रहेका छन्। उनी त्योभन्दा पहिला यस आश्रमकै ब्राञ्च हरिवन आश्रममा विगत चार वर्षदेखि बस्दै आएका थिए भने हालमा उनी खरसाङ घर जाने इच्छा जाहेर गर्दै बिराट नगरको मानव सेवा आश्रममा आएका छन्। उक्त व्यक्ति बोलेको भिडियो नेपालबाट अन्तर्राष्ट्रीय मानव अधिकार सिक्किम राज्यको ईन्चार्च रबीन राईले पाएपछि उनले उक्त भिडियो खरसाङका पत्रकारहरूलाई पठाएका थिए। उक्त भिडियोमा बिट्टु अन्सारीले आफ्नो ठेगाना खरसाङको हाट बजार र रेमन ट्रेलर्सको नाम लिएका छन् भने आमा र भाइहरूका नाम पनि लिएका छन्। यदि उनको आफान्तले बिट्टु अन्सारीलाई घर ल्याउन चाहेको खण्डमा अन्तर्राष्ट्रीय मानव अधिकार सिक्किम राज्यको ईन्चार्च रबीन राईसित मोबाइल नम्बर ९४७४३५७००२ मा सम्पर्क गर्न सक्ने र उक्त व्यक्तिलाई घरसम्म ल्याउन सहयोग गर्ने पनि बताएका छन्। उनले उक्त अाश्रमबाट सिक्किमका एकजनालाई पनि उध्दार गर्न प्रयास गरिएको अनि अहिले पनि खरसाङ र जलपाईगढ़ीका व्यक्तिहरू उक्त आश्रममा रहेको र त्यसमध्ये खरसाङका व्यक्तिले घर जाने इच्छा व्यक्त गर्दै खरसाङ घर भएको बताएपछि भिडियो नेपालबाट पठाएको जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *