कन्याश्री प्रकल्प अनुसार तीनधारे कन्या विद्यालयमा विद्यार्थीहरूद्वारा विभिन्न विषयमा प्रदर्शनी कार्यक्रम सम्पन्न

IMG-20230803-WA0347.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयमा कन्याश्री प्रकल्प अनुसार विद्यार्थीहरूद्वारा विभिन्न विषयहरूमा प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। यस विद्यालयका आठौंदेखि बाह्रौं श्रेणीसम्मका विद्यार्थीहरूले कन्याश्री प्रकल्पको प्रदर्शनी गरेका थिए भने पाँचौंदेखि सातौं श्रेणीसम्मका विद्यार्थीहरूले पनि यस प्रदर्शनीमा भाग लिएका थिए। विद्यार्थीहरूले विशेष गरी कन्याश्री प्रकल्प अनुसार तीनवटा विषयहरू विशेष गरेर पोषण, पर्यावरण र स्वास्थ्य सुरक्षा विषयमा सचेतनासहित प्रदर्शनी गरिएको थियो। उक्त प्रगर्शनी बिहीबार र शुक्रबारसम्म दुई दिवसीय रूपमा चल्ने भएका छन्।

पहिलो दिनको प्रदर्शनी कार्यक्रममा मुख्य अतिथिको रूपमा तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयको स्कूल सञ्चालन समितिको पूर्व सभापति बीबी प्रधान उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा सुरेन प्रधान, स्कूलकी पूर्व प्रधान अध्यापिका मार्थारानी राई, मसीह प्रकाश मोक्तान, ब्लु डाईमण्ड स्कूलका निर्देशक बीबी थापा, तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको पूर्व प्रधान अध्यापक लिला सिंह, आइएनए मेमोरियल माध्यमिक विद्यालयकी प्रधानाध्यापिका रूथरानी राई, सुरेन बम्जन, सुरेशचन्द्र दर्नाल लगायत अन्यहरू उपस्थित रहेका थिए।

त्यसरी नै यस प्रदर्शनीमा आईएनए मेमोरियल स्कूल, रेणुका कन्या उच्च विद्यालय, तीनधारे उच्चत्तर माध्यमिक विद्यालयका शिक्षक शिक्षिकाहरू र विद्यार्थीहरू विशेष रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा विद्यार्थीहरूले गरेका विभिन्न विषयका प्रदर्शनहरूलाई विद्यार्थीहरू र अतिथिहरूले निरीक्षण गरेका थिए। यसावधि विद्यार्थीहरूले रेन वाटर हारभेस्टिङ, पर्यावरण सुरक्षा र यसको उपायहरू, वायु प्रदर्शन, खाद्य सुरक्षा, वन्य प्राणी सुरक्षा, पोषण, फल, खानपिन, स्वस्थ्य सचेतना, प्लास्टिक र जलवायु, प्रदुर्षण, सर सफाई लगायत विभिन्न प्रगर्शनहरू विषयमा प्रदर्शन गरिएको थियो भने विद्यार्थीहरूले विभिन्न प्रदर्शन विषयमा अतिथिहरू समक्ष व्याख्या पनि गरेका थिए।

विद्यार्थीहरूले गरेका प्रदर्शनमा सबैजना खुशी देखिएका थिए। यस कन्याश्री प्रकल्प अनुसार विद्यार्थीहरूले गरेका प्रदर्शन विषयमा तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयकी प्रधान अध्यापिका रोजीरानी राईले पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयमा कन्याश्री प्रकल्प अनुसार आठौंदेखि बाह्रौं श्रेणीसम्माका विद्यार्थीहरूले विभिन्न विषयहरूमा प्रदर्शन गरेको र पाँचौंदेखि सातौं श्रेणीसम्मका विद्यार्थीहरूले पनि भाग लिएको जानकारी गराइन्। उनले यस प्रदर्शनी बिहीबार र शुक्रबार गरेर दुई दिवसीय रूपमा आयोजना गरिएको बताएकी छन्।

उनले यस प्रदर्शनी अन्तर्गत मुख्य रूपमा तीनवटा विषयहरूमा प्रदर्शनी गरिएको र यसमा तीनवटा विद्यालयहरूका विद्यार्थीहरु र शिक्षक शिक्षिकाहरूले पनि भाग लिएको बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement