७५० जना बालबालिकाको आँखा परीक्षण

1ab28b08-e3ba-476e-9662-94cad13b860e

ओदलाबारीः लायन्स क्लब अफ ओदलाबारीको आयोजनामा ओ​दलाबारी आदर्श विद्यालय हिन्दी उच्च माध्यमिक विद्यालयमा दुईदिने आँखा जाँच शिविर सञ्चालन गरियो। क्लबका सचिव अनिलकुमार थापाले सिलगढी ग्रेटर आई सेन्टरका आँखा विशेषज्ञको टोलीले बालबालिकाको आँखा जाँच गरेको बताए।

   दुई दिने आँखा शिविरमा ७५० जना बालबालिकाको आँखा परीक्षण गरिएको थियो । यस्ता ४० दृष्टिविहीन बालबालिकालाई चिकित्सकको सल्लाहमा केही दिनपछि नि:शुल्क चस्मा दिइने भएको छ । आगामी दिनमा पनि यस्तै काम गरिने तिनले बताए। सो अवसरमा शिक्षक तथा कार्यक्रम निर्देशक रीना सिंह, समीर दर्नाल, कोषाध्यक्ष मिल्टन नन्दी, अध्यक्ष उदयन सेनलगायत आदिको उपस्थिति रहेको थियो ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement