के गुगल म्यापमा देखियो एलियनको यान !

USO

एलियन वास्तवमा छ वा छैन तर यसबारेमा चर्चा भने वर्षौंदेखि चलिरहेको छl धेरैले एलियन देखेको दाबी जनाएका भए पनि यो ठोस प्रमाण भने प्राप्त हुनसकेको छैनl एलियनको रहस्य आजसम्म पनि खोताल्न प्रयास भइरहेको छl अहिले घरि एलियनको चर्चा अझ बढी व्यापक रुपमा भइरहेको छl भर्खरै गुगल म्यापमा समुन्द्रको किनारमा अज्ञात जलमग्न वस्तु (अनआईडेन्टिफाइड सबमर्जड अब्जेक्ट वा युएसओ) सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका लागि एक रहस्य बनेको छ। यसको एउटा भिडियो पनि भाइरल भइरहेको छ।

तर, यो भिडियो २०१८ मा युट्युब च्यानल ‘द हिडन अन्डरबेली २.०’ मा अपलोड गरिएको थियो। यो युएसओ ग्रीसको तटबाट केही दूरीमा देखिने दाबी गरिएको छ। कतिपय प्रयोगकर्ताले यसलाई एलियन यान भनेका छन्। भिडियोमा मिकानियोनाको समुद्र तटबाट केही मिटर टाढा गोलाकार वस्तु देख्न सकिन्छ। यो अज्ञात गोलाकार वस्तु करिब २२० फिट लामो भएको दाबी गरिएको थियो। भिडियोका अनुसार गुगल अर्थ मार्फत युएसओ हेर्न सकिन्छ। यो भिडियोमा सयौंले प्रतिक्रिया दिएका छन्। कसैले ‘अज्ञात जलमग्न वस्तु’लाई विदेशी स्पेसक्राफ्ट भनेका छन् भने कसैले यो एलियनको स्पेसक्राफ्ट हो भनेका छन्।

केहि मानिसहरूले यसलाई ज्वालामुखी क्रेटर भनेका छन्, जबकि केहीले यो एलियन स्पेसक्राफ्ट हुन सक्छ भनेका छन्l एक प्रयोगकर्ताले भने, ‘मैले यस्तो कहिल्यै देखेको छैन। के तिनीहरू अर्को ग्रहका बासिन्दा हुन्?’ त्यही क्रममा अर्का एक व्यक्तिले भने, ‘यो दोस्रो विश्वयुद्धका बेला निकालिएको ५ टन बमबाट बनेको क्रेटर हो। जर्मनीले इटालियन युद्धपोतलाई ध्वस्त पार्न बम प्रहार गरेको थियोl’ अर्को प्रयोगकर्ताले लेखे, ‘म गुगल अर्थमा गएँ र त्यो ठाउँमा जुम इन गरें। म अचम्म लाग्छ यो पानीमुनि के हो? अहिलेसम्म यसको पहिचान हुनसकेको छैन। के यो साँच्चै युएसओ हो?’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement