बीरभूमः जिल्लाको मल्लारपुर थाना अन्तर्गत सोज गाउँमा बुधवार साझँ एक महिलाको रगतमा लतपत शव उद्धार भएकोले क्षेत्रमा सनसनी फैलेको छ।
पुलिस सूत्रहरू अनुसार, मृत महिलाको नाम प्रिया मण्डल हो। बुधवार उसको रगतमा लतपत शव उसको घरबाट उद्धार गरियो। घटना भएदेखि नै मृत महिलाको पति सुफल मण्डल भागेको छ। पुलिसले घटनामा सामेल रहेको सन्देहमा मृतकाको सासु र नन्दालाई पक्राउ गरेको छ।
स्थानीय मानिसहरूको आरोप छ, प्रियाको आफ्नो ससुरालीमा प्रायः जसो झगड़ा हुनेगर्थ्यो। धेरै पल्ट उसलाई ज्यानले मार्ने धमकी पनि दिइएको थियो। सम्भवतः सुफलले आफ्नी आमा र बहिनीको साथ मिलेर धारिलो हतियारले प्रियाको हत्या गरेको हो। घटनाको सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठायो।
-हिस