सिलगढी: विश्व मातृ दुग्ध आहार सप्ताह अन्तर्गत गोंसाइपुर ग्राम पञ्चायत कार्यालयमा एक सचेतना शिविरको आयोजना गरियो। अगस्त १ देखि ७ सम्म विश्व मातृ स्तनपान सप्ताह मनाइँदै छ। यसै अन्तर्गत गोंसाइपुर ग्राम पञ्चायत कार्यालयमा सचेतना शिविर आयोजना गरिएको थियो। विश्व मातृ स्तनपान सप्ताहको अवसरमा साताभर विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिएको छ। त्यसैगरी बिहीबार नक्सलबारी ब्लक अन्तर्गत गोंसाइपुर ग्राम पञ्चायत कार्यालयमा विश्व मातृ दुग्ध आहार सम्बन्धी सचेतना शिविरको आयोजना गरिएको थियो। यस शिविरमा मुख्यतया आमाहरूलाई स्तनपानको बारेमा सचेत गराइन्छ। यस अवसरमा गोसाइपुर ग्राम पञ्चायत प्रमुख रीता सिंह, उपप्रमुख अमृतलाल सरकार, आईसीडीएस कार्यकर्ता ताप्ती साह र अन्य कर्मचारीहरू उपस्थित थिए।