कोरोनाकाे ५४ नयाँ मामिला, कासैकाे मृत्यु भएन
नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ५४ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,९५,८५६ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले कासैकाे मृत्यु भएन। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३१,९१८ पुगेको छ। यसरी नै यस अवधिमा ५५ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,६२,४०६ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या १,५३२ पुगेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ३६,४५१ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,३९,३७,२८९ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा ३७४ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६७,५४,५७७ जनाले यो खोप लगाइसकेको छन्।










