उत्तर दिनाजपुर: उत्तर दिनाजपुरमा समुहको कुटाइबाट एकजनाको मृत्यु भएको घटनामा गाउँलेसँगै पुलिसले पनि लापरवाही गरेको आरोप लागेको छ। एक व्यक्तिलाई चोर भएको आशंकामा गाउँलेहरूले रातभर निर्मम कुटपिट गरेको थाहा भएको छ। रातभर कुटपिट गरेको र पानी मागेर पनि नदिएको आरोप छ। यो दुखद घटना रायगञ्ज ब्लकको गौरी ग्राम पञ्चायतको इटाल गाउँमा भएको हो। यति मात्र होइन राति कसैले पुलिसलाई खबर गरे पनि पुलिस आएन। बिहीबार बिहान पुलिसले घटनास्थलमा गएर जुटबारीबाट घाईते रहिम शेख नाम गरेका व्यक्तिलाई उद्धार गरी रायगञ्ज मेडिकल कलेज पुर्याएको थियो जहाँ उनलाई मृत घोषित गरिएको थियो। यो खबर फैलिने बित्तिकै उक्त क्षेत्रमा हलचल मच्चियो। उक्त व्यक्तिलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइसकेको छ। घटनामा पुलिसले केहीलाई पक्राउ समेत गरेको बताइएको छ। तर, समयमै पुलिस आइपुगेको भए उनलाई बचाउन सकिएको मृतकका परिवारको दाबी छ। तर पुलिसको लापरवाहीका कारण उनको छोरालाई रातभर कुटपिट भयो र बिहान उनको मृत्यु भयो।