दिल्लीः नागरिकहरूलाई घरमै बसेर विशेषज्ञ डाक्टरहरूको सल्लाह उपलब्ध गराउँदै देशले बिहीवार १४ करोड़ ‘ई-सञ्जीवनी टेली-कन्सल्टेशन’- को लक्ष्यलाई हासिल गरेको छ। केन्द्रिय स्वास्थ्य मन्त्री डा. मनसुख माण्डभियाले ट्वीट गरी भने, ई-सञ्जीवनी नागरिकहरूको लागि साँच्चै नै सञ्जीवनी साबित भइरहेको छ। देशका सुदूरवर्ती क्षेत्रहरूमा ‘ई-सञ्जीवनी टेली-कन्सल्टेशन’- को माध्यमबाट १४ करोड़भन्दा अधिक विशेषज्ञ डाक्टरहरूको परामर्श दिसकिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अन्तिम पंक्तिमा उभिएका व्यक्तिको लागि काम गरिरहेको छ।
उल्लेख्य, ई-सञ्जीवनी ओपीडीको माध्यमबाट रोगीहरूले डाक्टरहरूसित अनलाइन सम्पर्क गर्न सक्नेछन्। ई-सञ्जीवनी ओपीडीको लाब देशका हरेक नागरिकले उठाउन सक्नेछन्। यहाँ रोगीहरूलाई डाक्टरहरूले निःशुल्क टेली-कन्सल्टेशन दिनेछन्। केन्द्र सरकारद्वारा वर्ष २०१९- मा शुरू गरिएको अनलाइन टेलीमेडिसिन सर्भिस, ई-सञ्जीवनीको लाभ आजसम्ममा करोड़ौं मानिसहरूले उठाइसकेका छन्।
-हिस