अंगदानलाई प्रेरित गर्नको लागि सरकारले पोर्टेबिलिटीको दिशामा काम गऱ्यो: डा. माण्डभिया

nat

नयाँ दिल्लीः केन्द्रिय स्वास्थ्य मन्त्री डा. मनसुख माण्डभियाले भने, अंगदानको लागि मानिसहरूलाई प्रेरित र प्रोत्साहित गर्नको लागि केन्द्र सरकारले पोर्टिबिलिटीको दिशामा काम गरेको छ। यसको आयु सीमा ६५-लाई निरस्त गरिएको छ तथा अंगदानको सम्बन्धमा एउटा डिजिटल प्लेटफर्म बनाइएको छ। यस डिजिटल प्लेटफार्ममा यस्ता मानिसहरूको जानकारी उपलब्ध छ जसले अंगदान गरेर अन्यलाई जीवनदान दिएका छन्।

उपरोल्लेखित मन्तव्य उनले बिहीवार नयाँ दिल्लीमा १३औं भारतीय अंगदान दिवसको अवसरमा आयोजित एक कार्यक्रममा व्यक्त गरेका हुन्। उनले यस सम्बन्धमा अधिकभन्दा अधिक मानिसहरूलाई जागरूक गराउने आह्वान समेत मानिसहरूसित गरे। उनले अझ भने, व्यापक रूपमा जागरूकता अभियान संचालन गरियोस्। यसबाट अंगदान गर्ने मानिसहरूलाई प्रेरणा मिल्नेछ।

केन्द्रिय स्वास्थ्य मन्त्री डा. माण्डभियाले भने, देशमा प्रतिवर्ष दुई लाक अंगको आवश्यक्ता पर्छ, तर उपलब्धता दश प्रतिशतभन्दा कम छ। वर्ष २०१३- मा प्रतिवर्ष पाँच हजार अंगदान भएको थियो जसको संख्या बढ़ेर वर्ष २०२३-मा १५ हजार भएको छ। उनले अंगदानप्रति मानिसहरूको रूचिलाई बढ़ाउने आवश्यक्तामाथि बल दिँदै अघि भने, दान, सेवा र अन्यलाई सहयोग गर्नु हाम्रो जीवनशैली हो। कोरोनामा भारतले सारा दुनियाँलाई मद्दत गरेर यसको उदाहरण दिएको छ।

अंगदानमा वृद्धि ल्याउनको लागि सरकारी प्रयासहरूसँगसँगै नागरिकहरूको पनि अंशदारी पनि आवश्यक छ। उनले सुझाउ दिए, यस दिशामा अघि बढ़्दै हरेक राज्यमा दुई दिनको चिन्तन बैठक सम्पन्न गरिनुपर्छ। राज्यमा अंगदानको संख्यालाई कसरी बढ़ाउन सकिन्छ यस सम्बन्धमा चिकित्सक, विशेषज्ञ औ नागरिकहरूसित समूह बनाएर चर्चा गर्न आवश्यक छ। बैठकहरूको परिणामबाट एउटा भिजन तयार हुनुपर्छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement