कोलकातामा नानी बिक्री गर्ने गिरोहका मिडिल म्यान पक्राउ

00-1-Rajya-Samachar

कोलकाताः महानगर कोलकातामा नानी किनबेच गर्ने गिरोहका एक मिडिल म्यानलाई पक्राउ गरिएको छ। बिहिवार लाल बजारस्थित कोलकाता पुलिस सूत्रहरूले यसको पुष्टि गर्दै पक्रा पर्ने व्यक्तिको नाम गलाम अंबिया रहेको बताएको छ। उसलाई बेनियापुकुरमा एउटा डाइग्नोस्टिक सेन्टरबाट पक्राउ गरियो। उनी त्यहॉं एक कर्मचारीको रूपमा काम गर्थे। उनी मूल रूपमा मुर्शिदाबाद निवासी हुन्। गत सोमवार आफ्नो २१ दिनको नवजातलाई चार लाख रूपियॉंमा बिक्री गर्ने आमा रूपाली मण्डललाई पक्राउ गरिएको थियो। सोधपुछपछि मण्डलले आरोपितहरूको नाम खुलासा गरेकी हुन्।

यस अतिरिक्त नोनाडांगा क्षेत्रबाट ममता पात्रा नामकी एक अन्य महिलालाई बाल तस्करीमा सामेल रहेको आरोपमा पक्राउ गरिएको छ। पुलिस सूत्रहरू अनुसार, २१ दिनकी नानी किनेको आरोपमा पक्रा परेकी गृहिणी कल्याणी गुहालाई बुधवार बेहालाको बकुलतलामा एउटा आईवीएफ सेन्टर लगियो र उसको तलाशी लिइयो। कल्याणीसॅंग लालती डे नामक एक अन्य आरोपितलाई पनि लगिएको थियो। बेहालामा आईवीएफ सेन्टरको तलाशी लिॅंदा जॉंच अधिकारीहरूले बेनियापुकुरमा डायग्नोस्टिक सेन्टरको बारेमा जानकारी पाए। यसपछि, बेनियापुकुर गएर गुलाम अंबियालाई पक्राउ गरियो। अंबियाले नानीहरूको किनबेचमा बिचौलियाको भूमिका निर्वाह गर्थे। पुलिसले यस सम्बन्धमा जॉंच शुरू गरेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement