३ अगस्तः अष्ट्रेलियाई क्रिकेट टीमका ओपनिंग ब्याटर उस्मान ख्वाजाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-द्वारा एशेज सीरीज २०२४-को अवधि धीमा ओभर रेटको निम्ति चीरप्रतिद्वन्द्वी अष्ट्रेलिया र ईंग्ल्याण्डमाथि लगाइएको जरिमानामाथि निराशा व्यक्त गरेका छन्। उनले ट्विट गरेर वर्षाले गर्दा अन्तिम दुई दिन खेल हुन नसकेको हुनाले अष्ट्रेलियाले ईंग्ल्याण्ड विरुद्ध बलिंग गर्ने मौका नै नपाएको बताए। म्यानचेष्टरमा खेलिएको चौथो टेस्ट म्याचको चौथो दिन अन्तिम सत्रको खेल वर्षाले गर्दा हुन सकेन। त्यसपछि पाँचौं दिन पनि वर्षाले गर्दा खेल सम्भव भएन। त्यस समय अष्ट्रेलिया लक्ष्यदेखि ६१ रन पछि रहेको थियो अनि ईंग्ल्याण्डलाई सीरीज बराबर गर्न केवल ५ विकेटको आवश्यकता थियो। अन्तमा ईंग्ल्याण्डले पाँचौं तथा अन्तिम टेस्टमा जीत हासिल गरी सीरीज २-२-ले ड्र गऱ्यो। ख्वाजाले ट्विट गरेका छन्, दुई दिनको वर्षाले गर्दा म्यानचेष्टरमा दोस्रो ईनिंग्समा बलिंग गर्ने मौका प्राप्त भएन। यस्तो भएर पनि आईसीसीले जरिमाना लगायो। आर्थिक जरिमानाको साथमा धीमा ओभर रेटले गर्दा हाम्रो १० डब्ल्यूटीसी पोइण्ट्स पनि काटियो। यो महत्त्वपूर्ण कुरा हो। यस सम्पूर्ण प्रक्रियासँग म निराश छु। यसबारे कसैले आईसीसीसँग कुरा गर्ने तरिका खोज्नु पर्नेछ। ख्वाजाले म्यानचेष्टरमा भएको चौथो टेस्ट म्याचबारे भने, म्याचको अन्तिम दिन तपाईंले टी ब्रेक अघि नतीजा निकाल्न सके जरिमाना लगाउनु हुँदैन। यो म अहिले पनि भन्दैछु। तपाईंलाई चाहिएको कुरा त तपाईंले पाउनु भयो। क्रिकेटमा नतीजा महत्त्वपूर्ण हुन्छ। तपाईंसँग नियम-कानून रहेको छ तर यसको अर्थ बिना कारण जरिमाना लगाउनु पनि होइन।