सिलगढी: सिलगढीमा रन फर इन्डिया आयोजना हुन लागेको छ। आयोजक संस्थाका सदस्यहरूले बिहीबार सिलगढी जर्नलिस्ट क्लबमा यो कुरा बताए। यो दौड बनवासी कल्याण आश्रमले १३ अगस्त आयोजना गरेको याे दौड उत्तर बङ्गाल विश्वविद्यालय अगाडिबाट शुरु भई सालबारी क्षेत्रमा रहेको बनबासी कल्याण आश्रमको कार्यालय अगाडि समापन हुनेछ। यस दौडमा १३ वर्षदेखि ३५ वर्षसम्मका जोसुकैले भाग लिन सक्नेछन्। बिहीबार दिउँसो आयोजक समितिका सदस्यहरुले सो जानकारी दिएका हुन्।