सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसको भक्तिनगर थानाले कफ सिरपसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। उनको स्कुटी पनि पुलिसले नियन्त्रणमा लिएको छ।
भक्तिनगर पुलिस थानाले बुधबार राति खोकीको सिरपसहित जनतानगर वडा नम्बर ४४ निवासी सुरजित सरकारलाई पक्राउ गरेको हो। बुधबार राति उनलाई सेवक रोडको पीसी मित्तल बस टर्मिनल अगाडिबाट स्कुटीसहित पक्राउ गरिएको हो। पुलिस स्रोतका अनुसार उनी स्कुटीमा खोकीको सिरप तस्करी गर्ने गर्दथे। पक्राउ परेका व्यक्तिलाई बिहीबार जलपाइगढी अदालतमा पठाइएको छ।