बागडोगरा: माथिल्लो बागडोगरा क्षेत्रमा एक व्यक्तिको झुण्डिएको मृतदेह भेटिएपछि सनसनी मच्चिएको छ। मृतकको नाम गौतम विश्वास रहेको छ। बिहीबार आफन्तले घरभित्र झुण्डिएको लाश देखेको बताइएको छ। त्यसपछि घटनाबारे पुलिसलाई जानकारी गराइएको थियो। खबर पाएलगत्तै बागडोगरा थानाको पुलिस घटनास्थल पुगेको थियो।