चर्चित नाट्य कलाकार ललित गोले (पाला)लाई तेस्रो आरबी राई स्मृति पुरस्कार प्रदान गरिने

IMG-20230803-WA0126.jpg

गोरुबथान: गोरुबथानको साहित्यिक संस्था साझा साहित्य संरक्षण संस्थाले विगत वर्षहरु झैँ यस वर्ष पनि भव्य रुपमा भाषा मान्यता दिवस पालन गर्ने भएको छ। आगामी २१ अगस्तको दिन होली चाइल्ड स्कुल हलमा पालन गरिने संस्थाका अध्यक्ष तरुण राईले जानकारी दिए। यसका साथै संस्थाले नेपाली भाषा मान्यता दिवसको अवसरमा प्रदान गर्दै आइरहेको आरबी राई स्मृति पुरस्कार पनि प्रदान गरिने भएको छ। यस वर्ष नाट्यकला क्षेत्रलाई चयन गरिएको हुदा कालेबुङका चर्चित साथै लोकप्रिय नाट्य कलाकार ललित गोले (पाला)लाई तेस्रो आरबी राई स्मृति पुरस्कार प्रदान गरिने अध्यक्ष राईले बताए। यसरी नै सोही कार्यक्रममा हालैमा नयाँ दिल्लीमा सम्पन्न साहित्य अकादमीको पहिलो दिव्यांक साहित्यिक कार्यक्रममा भारतीय गोर्खा जातिलाई प्रतिनिधित्व गरेर फर्केका कवि अर्जुन शर्मा निरौला (गीतखोला निवासी) लाई गोरूबथान नागरिक सम्मानद्वारा सम्मानित गरिने भएको छ। यस वर्ष पालन गरिने भाषा दिवसको अवसरमा उच्चतर माध्यमिक स्तरीय तर्क प्रतियोगिता आयोजना गरिने भएको छ। उक्त कार्यक्रममा सिलगढी, कालेबुङ अनि डुवर्स क्षेत्रका वरिष्ट साहित्यकारहरुको उपस्थिती रहने पनि आयोजक समितिका अध्यक्ष तरुण राईले बताए।
स्मरण रहोस्, युद्धवीर उच्चतर माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तथा गोरूबथानको शैक्षिक विकासमा आफ्नो गरिमामय योगदान दिनुहुने स्व. आरबी राईको स्मृतिमा छोराहरु सरतचन्द्र राई र शिशिरचन्द्र राई अनि बुहारी प्रशान्ति राईद्वारा वर्षेनी आरबी राई स्मृति पुरस्कार प्रदान गरिने घोषणा गरेका छन्। जसमा नगद राशि, प्रशस्ति पत्र, स्मृति चिह्न आदि प्रदान गरिन्छ। यसभन्दा अघि सो पुरस्कार शिक्षा अनि दोस्रो पुरस्कार गीत/संगीत क्षेत्रमा बहुमुल्य योगदान पुर्याउनु हुने व्यक्तिहरुलाई प्रदान गरिसकेको पनि अध्यक्ष राईले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *