मोटोरोलाको अलराउण्ड स्मार्टफोन मोटो जी१४ भारतमा लञ्च

IMG-20230803-WA0203.jpg

३ अगस्तः मोटोरोलाले आधिकारिक रूपमा मोटो जी१४(G14) स्मार्टफोन भारतमा लञ्च गरेको छ। नयाँ मोटो जी१४( मोटोरोलाको एण्ट्री-लेभल स्मार्टफोन हो, जुन ६.५ इन्चको फूल एचडीप्लस (FHD+) डिस्प्लेसँग आउँछ। फोनमा ४ जीबी ऱ्याम र १२८ जीबी यूएफएस(UFS)२.२ इण्टरनल स्टोरेज रहनेछ।
यसमा एउटा माइक्रो एसडी कार्ड स्लट, एउटा डुअल-सिम कार्ड स्लट, ४जी भाेलटे(VoLTE) समर्थन र एउटा डुअल-क्यामेरा सेटअप छ। सुरक्षाको लागि, ह्याण्डसेटमा साइड माउण्ट गरिएको फिंगरप्रिण्ट सेन्सर पनि छ। यस अलराउण्ड फोनबारे यहाँ विस्तृत चर्चा गरिँदैछः
मोटो जी१४ को मूल्यः
मोटो जी१४ स्काई ब्लू र स्टिल ग्रे रंगको दुईवटा विकल्पमा आउँछ। भारतमा यस स्मार्टफोनको मूल्य ९,९९९ रुपियाँ छ। यो डिभाइस अगस्त ८ देखि फ्लिपकार्ट, मोटोरोला इण्डिया वेबसाइट र रिटेल स्टोरहरू मार्फत खरिदको लागि उपलब्ध हुनेछ। तपाईंले खरिद गर्दा विभिन्न ब्यांकको क्रेडिट कार्ड मार्फत १०% तत्काल छुट प्राप्त गर्न सक्नुहुन्छ।
मोटो जी१४ को विशिष्टताहरूः
मोटो जी१४ लाई एण्ड्रोइड १४ अपडेट र ३ वर्षको सुरक्षा अपडेटहरू प्राप्त हुने वाचा गरिएको छ। प्रोसेसरको बारेमा कुरा गर्दा, जी१४ एउटा अक्टा-कोर यूनीसाेकट टी६१६(Unisoc T616) प्रोसेसरद्वारा सञ्चालित छ, जसमा ४ जीबी ऱ्याम र ६४/१२८ जीबी इण्टरनल स्टोरेज छ। यसमा एउटा माइक्रो एसडी कार्ड स्लट पनि छ जसले स्टोरेजलाई १ टीबी सम्म विस्तार गर्न अनुमति दिन्छ। डिभाइसमा फूल एचडीप्लस रेजोल्यूशनको साथ ६.५ इञ्चको डिस्प्ले छ।
मोटो जी१४ को क्यामेराः
क्यामेरा सुविधाहरू बारे कुरा गर्दा मोटोरोला जी१४ मा डुअल क्यामेरा सेटअप छ। यसको क्यामेरा मोड्युलमा ५० मेगापिक्सल प्राथमिक क्यामेरा र २ मेगापिक्सल म्याक्रो सेन्सर रहेको छ। ह्याण्डसेटको फ्रण्टमा ८ एमपी सेल्फी क्यामेरा रहेको छ। डिवाइसमा ५,००० एमएएच ब्याटरी छ, जसले २०वाट फास्ट चार्जिंगलाई सपोर्ट गर्दछ।
कनेक्टिविटीको लागि, ह्याण्डसेटमा डुअल-सिम कार्ड स्लट, ४जी भाेलटे, वाइ-फाइनाम ८०२.११ बी/जी/एन/एसी, ब्लुटुथ, जीपएस, ३.५ एमएम अडियो ज्याक र यूबीएस टाइप-सी पोर्ट रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *