३ अगस्तः समथार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित कृष्ण लखोटिया स्मृति इण्टर भिलेज गोल्ड कप फूटबल टुर्नामेण्टको पहिलो दिन बुधवार दुईवटा म्याच खेलियो। समथार जनमैदानमा भएको पहिलो म्याचमा एमओए (मो पाल्बु ओंगालेम)-ले लिटल्स खोलाघारीलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट थोमस लेप्चा र गेबु लेप्चाले गोल गरे। यसरी दोस्रो म्याचमा माकुम युनाइटेडले लिटल स्टार्स देउरालीलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट कुबीर सिंह भुजेलले गोल गरे। यस टुर्नामेण्टमा जम्मा २६ वटा टीमले हिस्सा लिएको छ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई गोल्ड कपको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल १३ अगस्तमा खेलिनेछ। यसरी फाइनल १५ अगस्तमा हुने आयोजक समितिको पक्षमा शाहरुख तामाङले जानकारी दिएका छन्। बिहीवार पनि दुईवटा म्याच रहेको छ।