कुवापानी फूटबल क्लब विजयी

photocollage_20238312393481.jpg

३ अगस्तः डायमण्ड क्लब, गोरुबथानको तत्त्वावधानमा आयोजित नगद राशि इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा कुवापानी एफसी-ले रोमाञ्चक जीत हासिल गऱ्यो। मालबस्ती खेल मैदानमा बुधवार भएको म्याचमा कुवापानी एफसी-ले माल बस्ती युथ क्लबलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट लाक्पा तामाङले गोल गरे। म्याचमा विमल प्रधान रेफरी थिए। यसरी सहायक रेफरीको भूमिकामा उमेश शर्मा र अशोक रोय थिए। अलोप राई फोर्थ अफिसियल थिए। टुर्नामेण्टमा जम्मा १२ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल ११ र १३ अगस्तमा हुनेछ। यसरी नै फाइनल १६ अगस्तमा खेलिनेछ। आयोजक डायमण्ड क्लबको पक्षमा प्रतीथ परियारले बताएअनुसार, बिहीवार खेलिने म्याचमा दालिम किराँत एफसी र स्पोर्ट्स क्लब गोरुबथानबीच भिड़न्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement