नगरकाटा: नगरकाटाको भगतपुर चियाबारीमा एक हप्ताभित्रमै दोस्रो पटक चितुवालाई खोरमा थुनिएको छ। यो घटना बिहीबार बिहान भएको हो ।चिया बगानको खण्ड नम्बर ८ मा राखिएको खोरमा बाख्रालाई चाराको रुपमा राखेपछि एउटा पूर्णरुपमा हुर्केको चितुवा पक्राउ परेको छ। यो घटनाले क्षेत्रमा सनसनी फैलिएको छ। यसअघि पनि सोही चिया बगानको खण्ड १५ बाट यस्तै चितुवा समातिएको थियो। चितुवालाई जंगलमा छाड्ने वन विभागको खुनिया वन्यजन्तु शाखाका रेन्जर सजल डेले बताए। चिया बगानको सोही ठाउँमा केही दिनअघि चितुवाले गाईलाई आक्रमण गरेको सम्बन्धित स्रोतबाट थाहा भएको छ। त्यसबेला चिया बगान व्यवस्थापनले खण्ड नम्बर ८ मा चितुवालाई पक्रने पहल गरे।चियाकमानको खण्ड ५ र १८ मा पनि चितुवाको आवतजावत महसुस भइरहेको चिया बगानका सहायक प्रबन्धक अशोक झाले बताए। चिया बगानका कामदारहरुलाई सचेत रहन सुझाव दिइएको छ।