४ जुलाईः भारतका पूर्व अन्तर्राष्ट्रिय फूटबल खेलाड़ी ईएन सुधीरको गोवाको मापुसामा निधन भयो। सुधीर १९७०-को दशकमा भारतको तर्फबाट गोलकीपरको रूपमा खेलेका थिए। उनको परिवारमा छोरा र छोरी रहेका छन्। अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-का कार्यवाहक महासचिव सुनन्दो धरले शोक सन्देशमा भनेका छन्, सुधीर सदा आफ्ना उपलब्धिहरूमा जीवित रहनेछन्। उनी धेरै पीढ़िहरूका निम्ति प्रेरणा रहे। उनका परिवारप्रति मेरो संवेदना छ। भगवानले उनको आत्मालाई शान्ति प्रदान गरुन्। सुधीरले १९७२-मा ओलम्पिक क्वालीफायरको अवधि रंगून (अहिले यंगून)-मा इण्डोनेशिया विरुद्ध अन्तर्राष्ट्रिय पदार्पण (डेब्यू) गरेका थिए। उनले नौवटा म्याचमा भारतीय टीमको प्रतिनिधित्व गरे। उनी १९७३ मर्डेका कप र १९७४-मा एशियाई खेलहरूमा राष्ट्रिय टीमका हिस्सा रहेका थिए। घरेलु फूटबलमा उनले तीन अलग-अलग टीमको निम्ति सन्तोष ट्रफी खेले। उनले केरल (१९६९ र १९७०), गोवा (१९७१, १९७२ र १९७३) र महाराष्ट्र (१९७५)-को प्रतिनिधित्व गरे। सुधीरले क्लब स्तरमा केरलको यंग च्यालेञ्जर्स, गोवाको भास्को स्पोर्ट्स क्लब र महिन्द्रा एण्ड महिन्द्राको प्रतिनिधित्व गरे।









