मुम्बई। विख्यात फिल्म कला निर्देशक नितिन चन्द्रकान्त देसाई (५८) ले स्टूडियोमा फांसी लगाएर आत्महत्या गरेका छन्। उनी लामो समयदेखि आर्थिक तंगीसित जुझिरहेका थिए। देसाईले आफ्नो करियरमा धेरै हिन्दी र मराठी फिल्महरूको कला निर्देशन गरेका छऩ्।उनको निधनले इन्डस्ट्रीमा शोकको लहर छ।
उनले साल १९८७ मा करियर शुरू गरे। २००५ मा कर्जतमा एनडी स्टूडियो स्थापित गरे। उनका प्रमुख फिल्महरूमा जोधा अकबर, हम दिल दे चुके सनम, माचिस, देवदास, लगान, प्रेम रतन धन पायो आदि सामेल छन्। धेरै ऐतिहासिक धारावाहिकहरू र भव्य नाटकहरूका लागि उनीद्वारा बनाइएको सेट पनि चर्चामा रह्यो। उनले आशुतोष गोवारिकर, विधु विनोद चोपड़ा, राजकुमार हिरानी र संजय लीला भन्साली जस्ता निर्देशकहरूको साथ काम गरे। उनले चार पल्ट सर्वश्रेष्ठ कला निर्देशनको निम्ति राष्ट्रिय फिल्म पुरस्कार र तीन पल्ट सर्वश्रेष्ठ कला निर्देशनको निम्ति फिल्म फेयर पुरस्कार जिते।