आइजोल। मिजोरम पुलिसले १० करोड़ रूपियाँ मूल्यको हेरोइनको साथ रफीक उद्दीन लश्कर नाम गरेको एक तस्करलाई पक्राउ गरेको छ। मिजोरम पुलिस अनुसार, पक्रा परेको तस्कर रफीक उद्दीनले एउटा वाहनमा ६२ साबुनदानीमा लगभग ७६५ ग्राम हेरोइन भरेर लगिरहेको थियो।
गुप्त सूचनाको आधारमा मिजोरम पुलिसको एक टीमले तलाशी अभियान चलाएर हेरोइनको साथ तस्करलाई समायो।पुलिस अनुसार, जफत गरिएको हेरोइनको बजार मूल्य लगभग १० करोड़ रूपिया छ। तस्करलाई पक्राउ गर्नसाथ हेरोइन लगिरहेको वाहनलाई पनि जफत गरिएको छ। यस क्रममा पुलिसले अघिको कारबाही जारी राखेको छ।