हिमाचलको कुल्लुमा भीषण बस दुर्घटना स्कुले बालबालिकासहित १६ जनाको मृत्यु

Himachal-Pradesh-Bus-Accodent-2

हिमाचल प्रदेश: हिमाचलको कुल्लुमा सोमबार बिहान भीषण सडक दुर्घटना भएको छ। साँज घाटीमा यात्रुले भरिएको बस गहिरो खाडलमा खसेको समाचार छ। दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने कैयौं गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा कम्तीमा ६ जना विद्यालयका बालबालिका रहेका छन्। घाइतेहरूलाई अस्पताल लगिएको छ, जसमध्ये धेरैको अवस्था गम्भीर छ। दुर्घटनामा प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री जयराम ठाकुरले दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। दुर्घटना के कारणले भएको हो भन्ने अझै खुल्न सकेको छैन। पछिल्लो दुई दिनदेखि कुल्लुमा भारी वर्षा भइरहेको छ। मौसम एकदमै खराब छ। सोमबार बिहान करिब ८ बजे कुल्लु जिल्लाको निओली–शंशेर सडकमा निजी बस अनियन्त्रित भई साँज उपत्यकाको जङ्गल क्षेत्रमा २ सय मिटर गहिरो खाडलमा खसेको थियो। दुर्घटनास्थल जिल्ला मुख्यालयबाट करिब ६५ किलोमिटर टाढा छ।

एक दर्जनभन्दा बढीको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनाको जानकारी पाएलगत्तै प्रशासनले राहत र उद्धारको काम शरु गरेको छ। घाइतेहरूलाई तुरुन्तै नजिकैका अस्पतालहरूमा लगियो। कुल्लु एसपी गौरव चन्द शर्माले दुर्घटनाको जानकारी पाएलगत्तै आपतकालीन टोली घटनास्थलमा पठाइएको बताए। उद्धार टोली आउनुअघि नै स्थानीयले राहत र उद्धारको काम शुरु गरे। मुख्यमन्त्री जयराम ठाकुरले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रशासन घटनास्थलमा रहेको र घाइतेलाई अस्पताल लैजाने काम भइरहेको बताए। उनले ट्वीटरमा लेखेका छन्, ‘कुल्लुको साँज घाटीमा निजी बस दुर्घटनाको दुखद खबर छ। पूरै प्रशासन घटनास्थलमा छ, घाइतेहरूलाई अस्पताल लैजाँदैछ। यस घटनामा दिवंगत आत्माले शान्ति पाओस् र शोक सन्तप्त परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरून्l’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement