राज्यमा पर्यटकहरूको आगमन संख्यामा वृद्धि भएको छः अध्यक्ष लुकेन्द्र रसाईली

IMG-20230802-WA0372.jpg

गान्तोक: एसकेएम पार्टी सरकारमा आएपछि राज्यमा पर्यटकहरूको आगमन संख्यमा कमी आयो भन्दै वयान दिनेहरूले अध्ययन गर्नुपर्ने सिक्किम टुरिज्म डेभलोपमेन्ट कर्पोरेसन (एसटीडीसी) का अध्यक्ष लुकेन्द्र रसाइलीले सुझाउ दिएका छन्। हाल सामाजिक सञ्जालमा राज्यमा पर्यटकहरूको आगमन संख्यामा कमी आएको भन्दै वयान दिनेहरूलाई उनले पर्यटन विभागमा गएर आँकडा लिनुपर्ने आग्रह गरेका छन्। सिक्किम एक शान्ति राज्य भएको कारण सिक्किममा पर्यटकहरूको आगमन संख्यामा प्रतिदिन वृद्धि हुने गरेको बताए। उनले जानकारी गराए अनुसार वर्ष २०२२ मा ८ लाख ३५ हजार ७८७ जना पर्यटकहरू सिक्किम आएका थिए भने वर्ष २०२३ को जुनसम्म ८ लाख ५८ हजार 506 जना पर्यटकहरू आएको आँकडा प्रस्तुत गरे। गत वर्षको तुलनमा यस वर्ष २२ हजार भन्दा पर्यटकहरू सिक्किम भित्रिएको जानकारी गराए। उनको भनाइ अनुसार सरकारले सिक्किम राज्यमा पर्यटकहरूलाई ल्याउनको निम्ति विभिन्न प्रकारको योजना बनाएको छ। विशेष गरेर पर्यटकहरूलाई कुनै प्रकारको असुविधा नहोस् भन्ने ध्येयले सरकारले सबै सुविधा अनलाइन शुरू गरेको दावी गरे। यसै गरेर गत वर्षदेखि सरकारले नथुला भ्रमणको निम्ति ५ सय परमिट जारी गरेको छ भने अब शीघ्र यसलाई वृद्धि गरेर एक हजार बनाउने सम्भावना व्यक्त गरे। सोही प्रकारले गुणस्तरीय पर्यटकहरू ल्याउनको निम्ति यसै महिनादेखि २४० जना युवाहरूलाई टुरिस्ट गाइडको प्रशिक्षण दिइने बताए। यसरी नै राज्यका चालकवर्गलाई पनि हाल राज्यभरि नै प्रशिक्षण दिने प्रक्रिया शुरू गरिसकेको छ भने यसबाट सबैलाई लाभ पुग्न सक्ने उनले जानकारी गराए। हाल राज्यमा पर्यटन व्यवसायसँग संलग्न भएर २ लाख पचास हजार जनाले जिविका चलाइरहेको उनको भनाइ रहेको छ। उनले थप जानकारी गराए अनुसार हाल राज्यमा १ हजार १ सय ८२ वटा होम स्टे स़ञ्चालनमा रहेको छ भने २२८ वटा होम स्टे निर्मामको निम्ति सरकारले ऋण उपलब्ध गराइसकेको छ। हाल राज्यभरि २८ सय वटा होटलहरू सञ्चालनमा रहेको छ भने १ हजार ७ सय २५ वटा ट्राभल एजेन्सीहरूले सिक्किममा पर्यटकहरू ल्याउनको निम्ति योगदान दिइरहेको रसाईलीले जानकारी गराए। उनको भनाइ अनुसार राज्यमा २ हजार २०६ वटा लक्जरी वाहनहरू रहेको छ जसमा ६ हजार ३०६ वटा जे नम्बरको वाहनहरू पञ्जीकृत छन्। वर्तमान परिपेक्ष्यमा सिक्किमको पर्यटन व्यवसायलाई ध्यानमा राख्दै राज्यमा धेरै विद्यार्थीहरूले पर्यटन विषयमा अध्ययन गरिरहेका छन्, तर कतिपय मानिसहरूले राज्यमा पर्यटकहरूको घटदो संख्यामाथि टिप्पणी गर्नाले ती विद्यार्थीहरूमा नकारात्मक असर पर्न सक्ने उनले मन्तव्य प्रकट गरे। राज्यमा नयाँ पुस्तालाई पर्यटन क्षेत्रमाथि प्रोत्साहित गर्नुपर्ने समयमा नकारात्मक टिप्पणी गरेर उनीहरूको मनोवल कमजोर बनाएको उनले आरोप लगाए। विशेष गरेर वर्तमान सरकारले पर्यटकहरूलाई शहरमा मात्र सिमित नराखेर र गाउँमा पनि पुऱ्याउने योजना साथै पहल शुरू गरेको छ। यसर्थ गाउँमा होमस्टे खोलेर आफ्नो जीविकापोर्जन गर्दै आइरहेकाहरूलाई यस योजना र सरकारको दुरदर्शी सोंचले ठूलो सहयोग पुग्न सक्ने उनले अवगत गराए। वर्तमान परिपेक्ष्यमा राज्यको कुनै पनि जिल्लाबाट नथुला, छाङगु जानाको निम्ति अनलाईन परमिट ग्रहण गर्नसक्ने सरकारले नियम बनाएकोले राज्यभरिका ट्राभल्स एजेन्टहरूले यसको लाभ उठाउन सकेको उनको भनाइ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement