४ जुलाईः जर्मनीकी खेलाड़ी तात्याना मारियाले दोस्रो सेटमा दुईवटा म्याच पोइण्ट बचाइन् अनि २०१७-की फ्रेञ्च ओपन च्याम्पियन येलेना ओस्टापेंकोलाई रोमाञ्चक म्याचमा पराजित गरी ३४ सालको उमेरमा विम्बल्डन टेनिस च्याम्पियनशीपमा महिला एकलको क्वार्टर फाइनलमा स्थान बनाइन्। विश्व ऱ्याङकिंगमा १०३औं स्थानमा रहने मारियाले आफ्नो पहिलो ग्राण्ड स्ल्याम क्वार्टर फाइनलमा स्थान बनाउने क्रममा ओस्टापेंकोलाई ५-७, ७-५, ७-५-ले पराजित गरिन्। जर्मनीकी मारिया एकल ड्र-मा सबैभन्दा अधिक उमेरकी खेलाड़ी हुन्। उनले लात्वियाकी खेलाड़ी ओस्टापेंको विरुद्ध दोस्रो सेटमा ५-४-ले पछाड़िएपछि दुईपल्ट म्याच पोइण्ट बचाइन् अनि पछिबाट म्याचमा जीत हासिल गरिन्। ग्राण्ड स्ल्याममा यसअघि मारियाकी सर्वश्रेष्ठ प्रदर्शन २०१५-मा विम्बल्डनको तेस्रो राउण्डमा पुग्नु थियो। गत आठवटा ग्राण्ड स्ल्याममा त उनी पहिलो राउण्डमै हारेकी थिइन्।
अघिल्लो राउण्डमा उनको सामना आफ्नै देशकी ज्यूल निमियरसँग हुनेछ। पहिलोपल्ट विम्बल्डनमा हिस्सा लिइरहेकी निमियरले स्थानीय दिग्गज खेलाड़ी हीथर वाट्सनलाई पराजित गरिन्। मईमा फ्रेञ्च ओपनको पहिलो राउण्डमै हार्ने २२ वर्षीय निमियरले सेण्टर कोर्टमा वाट्सन विरुद्ध ६-२, ६-४-ले जीत हासिल गरिन्। यसअघि चेक गणराज्यकी मेरी बुजकोवा विम्बल्डनमा महिला एकलको क्वार्टर फाइनलमा पुग्ने पहिलो खेलाड़ी बनिन्। बुजकोवाले चौथो राउण्डको म्याचमा फ्रान्सकी क्यारोलिना गार्सियालाई ७-५, ६-२-ले पराजित गरी आफ्नो पहिलो ग्राण्ड स्ल्याम क्वार्टर फाइनलमा प्रवेश गरिन्। यस २३ वर्षीय खेलाड़ीले सेमिफाइनलमा पुग्नको निम्ति तेस्रो वरीयता प्राप्त ओन्स जाबूर या एलिस मर्टेन्सको चुनौतीलाई पार गर्नु पर्नेछ।