नाम्ची जिल्लास्तरयी नार्को कर्डिनेसन सेन्टर समितिको सभा

IMG-20230802-WA0350.jpg

गान्तोक: नाम्ची जिल्लास्तरयी नार्को कर्डिनेसन सेन्टर समितिको एक सभा आज नाम्ची जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। उक्त सभाको अध्यक्षता नाम्ची जिल्लाका जिल्लापाल एम भरानी कुमारले गरेका थिए भने सभामा वरिष्ठ पुलिस अधिक्षक छिरिङ नामग्याल ग्याछो लगायत अन्यहरूले पनि अंशग्रहण गरेका थिए। सभामा विशेष गरेर राज्यमा बढदो नशालु पदार्थको समस्या र यसलाई समाधान गर्न सामुहिक रणनीति र चुनौतीबारे छलफल गरियो। सभालई सम्बोधन गर्दै जिल्लापाल एम भरानी कुमारले नाम्ची जिल्लामा वर्तमान परिपेक्ष्यमा नशालु पदार्थको स्थितिबारे विस्तृतरूपमा अवगत गराए। राज्यमा बढदो नशालु पदार्थको प्रयोग र धन्दाबारे चिन्ता व्यक्त गर्दै उनले यस विषयमा सम्वन्धित निकायका सबै अधिकारीहरूले ध्यान केन्द्रित गरेर समस्याको निम्ति पहल गर्नुपर्ने विषयमा प्रकाश पारे। सोही प्रकारले नाम्ची जिल्लाका पुलिस अधिक्षकले नशालु पदार्थको सेवनले उत्पन्न हुने खतराबारे अवगत गराए। नशालु पदार्थको सेवनद्वारा उत्पन्न खतरालाई सामना गर्न सबैको सामुहिक प्रयासको आवश्यकता रहेको बताए। औषधिकोरूपमा प्रयोग गरिने नशालु पदार्थलाई दुरूपयोग गरेपछि यसलाई समाजलाई नै प्रभावित तुल्याएको जानकारी गराए। उनले सम्वन्धित निकायका कुनै पनि अधिकारी साथै कर्मचारीहरू नशालु पदार्थको धन्दा साथै सेवनमा संलग्न रहेको खण्डमा पुलिस विभागमा रिपोर्ट दर्ता गर्नुपर्ने सुझाउ दिए। बैठकमा शिक्षा विभागका अधिकारीहरुलाई लागु औषध दुव्र्यसनबाट हुने खतराबारे विद्यार्थीहरुलाई सचेत गराउन सक्रिय कदम चाल्नु पर्ने समयको माग रहेको जानकारी गराए। यसका साथै उनले लागुऔषध दुरुपयोग सम्बन्धी सचेतना र कानुनी प्रक्रियामा केन्द्रित भएर विभिन्न चरणका तालिम र शैक्षिक सत्रहरु सम्मिलित गरी सबै संस्थाका प्रमुख तथा विद्यार्थीहरुलाई सचेतनामुलक कार्यक्रमहरु संचालन गरिने जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement