तृणमूल छात्र परिषदको स्थापना दिवसको तयारी

IMG-20230802-WA0281.jpg

मालदा: अगस्त २८ मा तृणमूल छात्र परिषदको स्थापना दिवस हो। हरेक वर्ष झैं यो कोलकातामा आयोजना हुनेछ। सो अवसरमा तीन जिल्ला मालदा, दक्षिण दिनाजपुर, उत्तर दिनाजपुरको तृणमूल छात्र परिषदले सिउचन्द परमेश्वरी विद्यामन्दिर, गजोलको प्राङ्गणमा तयारी बैठक आयोजना गरेको थियो। कार्यक्रममा तृणमूल छात्र परिषद प्रदेश अध्यक्ष तृणङ्कुर भट्टाचार्य, जिला अध्यक्ष प्रसुन राय र उत्तर दिनाजपुर, दक्षिण दिनाजपुरका तृणमूल छात्र परिषद् अध्यक्षहरू उपस्थित थिए। यस दिनको तयारी बैठकमा नेताहरूले विपक्षी भाजपामाथि विभिन्न आरोप लगाए र मणिपुरको घटनालाई लिएर केन्द्रको भाजपा सरकारको उदासीनताको पनि आलोचना गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement