छिरिङ डोमा शेर्पालाई घर निर्माणको निम्ति हाम्रो पार्टीद्वारा आर्थिक सहयोग प्रदान

IMG-20230802-WA0238.jpg

दार्जीलिङ: छिरिङ डोमा शेर्पालाई हाम्रो पार्टीले घर बनाउनलाई आर्थिक सहयोग गरेका छन्। हिज मंगलबार राती पारेको मुसलधारे पानीले सन्तुक ग्राम पञ्चायत अन्तर्गत अलगडा मेक्सिगन निवासी छिरिङ डोमा शेर्पाको घरमाथि रूख लड्दा पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो।घटनाको खबर पाउनसाथ नव निर्वाचित ग्राम पञ्चायत सदस्य देवी सुब्बा र हाम्रो पार्टीको केन्द्रीय प्रवक्ता श्याम गौतम घटना स्थलमा पुगेर पीढीत छिरिङ डोमा शेर्पासँग भेट गरिन्।यस अवधि पार्टीको पक्षबाट उनलाई घर निर्माणको लागि आर्थिक सहयोग प्रदान पनि गरिएको छ।

हाम्रो पार्टी भनेको जनताको पार्टी हो। जब जब जनतालाई आपत विपत अनि संकट जस्ता समस्याहरू आई पर्छन्। हाम्रो पार्टी जनताको समस्या समाधान गर्न खडा भएका हुन्छ। विगतका सालहरूमा हाम्रो पार्टीले दुर्गम ग्रामीण क्षेत्रहरूमा बसो बासो गर्ने मानिसहरूले भोग्न परेको समस्याहरूलाई ध्यानमा राख्दै तीन सयभन्दा धेर कच्चा बाटोको निर्माणहरू गरिसकेका छन्।

यति मात्र होइन गरीव विद्यार्थीहरूको शिक्षाको जिम्मा, गरीब बिमारीहरूको उपचार, गाउँ घरहरूमा समाज घरहरूको निर्माण, युवा युवतीहरूलाई खेलकूद आदि जस्ता विषयहरूमा प्रोत्साहन गर्न खेल मैदानहरूको निर्माण, यूपीएससी, डुब्लूवीसीएस आदि जस्ता उच्च सिविल सर्विस परीक्षाहरूको तालिम दिने आदि जस्ता कार्यहरू गर्दै आईरहेका बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement