४ जुलाईः भारतकी स्टार महिला टेनिस खेलाड़ी सानिया मिर्जा र क्रोएशियाका म्याट पाविचको जोड़ीले आइतवार विम्बल्डन टेनिस च्याम्पियनशीपमा मिश्रित युगल (मिक्स्ड डबल्स)-को क्वार्टर फाइनलमा स्थान बनायो। सानिया र पाविचको छैटौं वरीयता प्राप्त जोड़ीलाई दोस्रो राउण्डको म्याचमा इवान डोडिग र लतीशा चानकी जोड़ी विरुद्ध वक्ओवर प्राप्त भयो। सानिया र पाविचको जोड़ीले शुरुवाती राउण्डमा स्पेनका डेविड वेगा हर्नाण्डेज र जर्जियाकी नतेला जालामिइजेकी जोड़ीलाई ६-४, ३-६, ७-६-ले पराजित गरेको थियो। क्वार्टर फाइनलमा यस जोड़ीको सामना ब्रूनो सोरेस र बीट्रिज हद्दाद मैयाकी ब्राजीलियाई जोड़ी या जन पीयर र गेब्रिएला डाब्रोवस्कीको जोड़ीसँग हुनेछ। पेशादार टेनिसमा यो उनको अन्तिम साल हुने सानियाले अगावै घोषणा गरेकी छन्। महिला युगलमा चाहिँ उनी चेक गणराज्यकी लूसी हरडेकासँग जोड़ी बनाएर खेल्दै पहिलो राउण्डमै हारेकी थिइन्।









