सिलगढी: राज्य सरकारले सिलगढीको एसएफ रोडमा ‘स्ट्रीट फूड लेन’ निर्माणलाई स्वीकृति दिएको छ। यस उद्देश्यका लागि सिलगढीका मेयर गौतम देवले यस क्षेत्रको भ्रमण गरे। यस दिन मेयरसँगै सिलगढीका उपमेयर रञ्जन सरकार, अध्यक्ष प्रतुल चक्रवर्ती र काउन्सिलरहरू उपस्थित थिए। सिलगढी नगर निगमको पहलमा उक्त सडकमा स्ट्रीट फूड लेन बनाइने भएको छ। त्यहाँ विभिन्न प्रकारका स्ट्रीट फूडहरू उपलब्ध हुनेछन्। यसबाहेक एसएफ रोडको सडक चौडा बनाइने र यो काम पीडब्लुडीले गर्नेछ। मेयरले सम्पूर्ण क्षेत्रलाई सुन्दर बनाउने बताए।