सिलगढी: खोरीबारीमा एशियन हाइवे २ मा भएको सडक दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन्। एउटा कारले नियन्त्रण गुमाएर डिभाइडरमा ठोक्किएको बताइएको छ।यस घटनामा २ जना घाइते भएका छन्। घटना नेपाल-भारत सीमा पानी ट्याङ्की नजिकैको फ्लाईओभरमा भएको हो। नेपाल नम्बरको कार सिलगढीबाट नेपालतर्फ जाँदै गर्दा कारको तीव्र गतिका कारण चालकले नियन्त्रण गुमाएपछि कार फ्लाईओभरको डिभाइडरमा ठोक्किएको हो। घटनामा दुई जना घाइते भएका छन्। लगत्तै स्थानीयले उद्धार गरी घाइतेलाई नक्सलबारी अस्पताल पुर्याएका थिए।