कुचबिहार: स्वास्थ्य विभागको सहयोग र नगरपालिकाको पहलमा दिनहटा नगरको गोसानी रोडमा दिनहटा नगरपालिका स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ। नगरपालिकाका अध्यक्ष गौरीशंकर महेश्वरीले बुधबार यस स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन्। अस्पतालका सुपरिटेन्डेन्ट रञ्जित मण्डल, नगर स्वास्थ्य अधिकृत विद्युत कमल साह, नगर कार्यकारी अधिकृत आलोक सेन, उपाध्यक्ष सविर साह चौधरी लगायतको उपस्थिति रहेको थियो।

अध्यक्ष गौरीशंकर महेश्वरीले महानगरपालिका क्षेत्रमा यो तेस्रो स्वास्थ्य केन्द्र रहेको बताए।