२ अगस्तः सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा युनाइटेड चमकडांगीले क्वार्टर फाइनलमा स्थान बनायो। सालुगढ़ा खेल मैदानमा बुधवार भएको पहिलो राउण्डको अन्तिम म्याचमा युनाइटेड चमकडांगीले स्थानीय टीम स्ट्राइकिंग एफसी-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सुरज भुजेलले सातौं अनि ओम प्रकाश भुजेलले ३२औं मिनटमा गोल गरे। बिहीवार कुनै म्याच छैन। शुक्रवार खेलिने पहिलो क्वार्टर फाइनल म्याचमा मजुआ एफसी र नेपालको लिटल किकर्स एकाडमीबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र ११ अगस्तमा हुनेछ।

यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।